आजदेखि बर्दियामा अनिश्चितकालीन चक्काजाम

<span class='c1'>आजदेखि बर्दियामा</span> <span class='c2'>अनिश्चितकालीन चक्काजाम</span>

मंसिर १४- जिल्लास्तरीय पुनर्संरचना समिति बर्दियाले खैरीचन्दनपुर गाविसलाई गाउँपालिकामा नगाभेको भन्दै स्थानीयले आजदेखि अनिश्चितकालीन चक्काजाम गरेका छन् । चक्काजामका कारण राजापुर टप्पुको जनजीवन प्रभावित भएको छ ।

खैरीचन्दपुरलाई राजापुर नगरपालिकामा गाभिनु पर्ने माग राख्दै मंगलबार पनि गुलरिया-राजापुर-कोठियाघाट स्थानीयले सडक जाम गरेका छन् । आज ८ बजेदेखि सुरु भएको चक्का जामका कारण कुनै सवारीसाधन चलेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा खलल आउन सक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेको जनाएको छ।

संर्घष समितिका सदस्य दयाशंकर चौधरीले सीमांकन सिफारिसमा खैरीचन्दनपुर गाविस वडा नम्बर १० अन्तर्गत राजापुरमा राखिएकोमा पुन: सच्च्याएर गेरुवा गाउँपालिकामा गाभिएको विरुद्ध चक्काजाम गरेको बताए । आफ्ना माग प्रति वेवास्ता गरिए अझै सशक्त आन्दोलन गर्दै जाने संर्घष समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्