विराटनगरबाट लागुऔषधसहित एक पक्राउ

<span class='c1'>विराटनगरबाट लागुऔषधसहित</span> <span class='c2'>एक पक्राउ</span>

मोरङ, मंसिर १५ 

मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट मंगलबार प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको केराबारी-४ बस्ने ३० बर्षिय दिपेन लिम्बु रहेका छन्। लिम्बुलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजाँज गर्ने क्रममा दिउँसो २ बजेतिर प्रकाउ गरेको हो। प्रहरीले उनको साथबाट डाइजेपाम १५ एम्पुल, फेनारगन १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल बरामद गरेको छ।

लागुऔषधसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्