विराटनगर मंसिर १६ , युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले विराटनगरमा बुधबार सातौं राष्ट्रीय खेलकुद प्रतियोगिताको आयोजना हुने खेल मैदान तथा रंगशालाको निरिक्षण गर्नु भएको छ । मन्त्री श्रीपाइलीले प्रतियोगिता सफल बनाउन सबै कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद् परिषदका सदस्य सचिव केशव विष्टले प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको र तोकिएकै समयमा प्रतियोगिताको आयोजना हुने बताए । मन्त्री श्रीपाइली तथा विष्ट नेतृत्वको टोलीले बुधबार मोरङ र सुनसरीका प्रतियोगितास्थलको अवलोकन गर्नुभएको थियो । पुर्वान्चलमा सातौं राष्ट्रीय खेलकुद प्रतियोगिताका पुष ८ देखी १५ गते सम्म हुने छ ।