७ मंसिर । गएराति दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको छ ।
राति १०ः३७ मा भारतलार्इ केन्द्रविन्दू बनाएको भूकम्पले नेपाको पश्चिमी क्षेत्रमा समेत प्रभाव परेको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए ।
दार्चुला प्रहरी प्रमुख केदार खनालले अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ ।भूकम्पको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको थियो ।