अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आजबाट विराटनगरमा सुरु

<span class='c1'>अन्तरविद्यालय क्रिकेट प्रतियोगिता</span> <span class='c2'>आजबाट विराटनगरमा सुरु</span>

१८ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता आज शनिबारदेखि विराटनगर शुरु भएको छ ।

शनिबार  भएको उदघाटन खेलमा विनायक सेकेन्डरी स्क्ुलले ज्ञालेक्सी पब्लिक स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ज्ञालेक्सीले निधौरित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १५ रन बनाएको थियो । जस्मा आषिस रनकवाटले ३० रनको योगदान दिएका थिए । विनायकका प्रवेश थापाले ३ विकेट लिएका थिए ।

जवाफमा १ सय १६ को विजय लक्ष्य पछ्याएको विनायकले १४ ओभर ५ विकेट गुमाई विजय लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच आशुतोष झाले ३६ रनको योगदान गरेका थिए । ज्ञालेक्सीका जिशानुल हकले ३ विकेट लिएका थिए ।

मंसिर १९ गतेसम्म सञ्चाल हुने प्रतियोगितामा सप्तरी, मोरङ र सुनसरीका २४ स्कूलको सहभगि रहको े प्रतियागिताको खेल संयोजक अजय राजवंशीले जानकारी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्