बिराटनगरमा प्रथम खुला चित्रकला प्रतियोगिता सम्पन्न

<span class='c1'>बिराटनगरमा प्रथम खुला</span> <span class='c2'>चित्रकला प्रतियोगिता सम्पन्न</span>

बिराटनगर १८ मंसिर,
अन्नपूर्ण एकाडेमीको आयोजनामा ‘प्रथम खुला चित्रकला प्रतियोगिता–२०७३’ शनिबार सम्पन्न भएको छ ।
प्रतियोगितामा विराटनगरका २५ विद्यालयबाट कक्षा पाँच देखि कक्षा १० सम्मकाजम्मा १ सय ७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । अन्नपुर्ण एकाडेमी विद्यालयकी त्रिक्षा तामाङ प्रथम, सेन्ट मेरिज विद्यालयकी प्रकृति महत दोस्रो, सेन्ट मेरिज विद्यालयकै कौशिका कोइराला तेस्रो र बुढानिलकण्ठ विद्यालयकी एलिशा श्रेष्ठले सान्त्वना पुरस्कार हात पारेकी छिन् विजेताले शिल्ड, सर्टिफिकेट तथा नगद पुरस्कार साथै प्रतियोगितामा सामेल हुने सबै विद्यार्थीहरुलाई सर्टिफिकेट प्रदान गरिएको थियो । विद्यार्थीलाई पढाउने र सिकाउने कार्य मात्र नभई, समाजमा सामाजिक दायित्व बोध रहेको हेक्का राखी, समाजमा हालसम्म पनि आफ्नो अन्तरनिहित प्रतिभा र कल्पना उजागर गर्न असमर्थ त्यस्ता बालबालिकाहरुलाई एउटा सानो मञ्चद्वारा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता गरेको अन्नपूर्ण एकाडेमीका प्रिन्सिपल अमीस रेग्मीले जानकारी दिए । प्रतियोगिताका निर्णायकमा घनिन्द्र मगररहेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्