बिराटनगरमा जारी क्रिकेट खेलमा राइििजङ र यूरो किड्स विजयी

<span class='c1'>बिराटनगरमा जारी क्रिकेट खेलमा राइििजङ</span> <span class='c2'>र यूरो किड्स विजयी</span>

१८ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता आइतबारको खेलमा राइििजङ र यूरो किड्स विजयी भएका छन् ।
प्हिलो खेलमा राइजिङ स्क्ुलले पूर्वाञ्चल विद्या सदन स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभर खेलमा सवै विकेट गुमाइ ७३ रनको योगफल तयार पारेको थियोे । जस्मा दिपेश कडेलले सर्वाधिक २१ रनको योगदान दिएका थिए । राइजिङका सुसान्त चौधरी, मनिस राम, रानित विक, अभय कुर्मी र अकबर आलमले २–२ विकेट लिएका थिए ।
जवाफमा ७४ रनको विजय लक्ष्य पछ्याएको राइजिङले १० ओभरमा ५ विकेट गुमाई विजय लक्ष्य पार गरेको थियो । जस्मा तहा खानले २१ रनको योगदान गरेका थिए । पूर्वाञ्चलका म्यान अफ द म्याच दिपेश कडेलले ५ विकेट लिएका थिए ।
त्यैसै गरी दोस्रो खेलमा यूरो किड्स स्कूलले मदर टेरेसा स्कूललाई २४ रनलले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको यूरोकिड्सले निर्धारित २० ओभर खेलमा ६ विकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारेको छ । जस्मा प्रिन्स यादबले ३६ रन र हर्ष यादबले ३५ रनको योगदान दिएका थिए । मदर टेरेसाका जयप्रकास सिंह र धर्मेन्द्र यादबले १–१ विकेट लिएका थिए ।
जवाफमा १ सय ३६ रनको विजय लक्ष्य पछ्याएको मदरटेरेसाले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ११ रनमा सिमित भयो । जस्मा दिपक यादबले ३३ रनको योगदान गरेका थिए । यूरोकिड्सका सचिन क्षेत्रीले ३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच यूरोकिड्सका हर्ष यादब घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्