२० मंसिर, काठमाडौं । डिसेम्बर १३ देखि श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ ।
नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् ।
अन्य सदस्यमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, विक्रम भुसाल र सुसान्त थापा छन् ।