बिराटनगरमा जारी क्रिकेटमा गौतम बुद्ध र कोशी पब्लिक विजयी

बिराटनगरमा जारी क्रिकेटमा गौतम बुद्ध र कोशी पब्लिक विजयी

 

२० मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता सोमबारको खेलमा गौतम बुद्ध स्कूल र कोशी पब्लिक विजयी भएका छन् ।
प्हिलो खेलमा गौतम बुद्ध स्क्ुलले बाल उदान स्कूललाई ७८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गौतम बुद्धले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय ८ रनको योगफल तयार पारेको थियोे । जस्मा राहुल साहले ३६ बलमा २ छक्का र १७ चौका प्रहार गरी नटआउट ८८ रन तथा पियूस कामतले ४० रनको योगदान दिएका थिए । बाल उदानका सलमान खान, राकेश कामत,सुमन श्रेष्ठ, मनिस मण्डल र सुजल शर्माले १–१ विकेट लिएका थिए ।

जवाफमा २ सय ९ रनको विजय लक्ष्य पछ्याएको बाल उदानले १७ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ३० रनमा खम्चियो । जस्मा ललन कामतले ३१ रनको योगदान गरेका थिए । गौतमबुद्धका पियूस कामतले ४ ओभरमा २२ रन दिएर ५ विकेट तथा राहुल सिहले २ विकेट हात पारेका छन् खेलको म्यान अफ द म्याच गौतमबुद्धका पियूस कामत र राहुल सिह घोषित भए ।

त्यसैगरि दोस्रो खेलमा कोशी पब्लिक स्कूल इटहरीले विराटनगरको ए वान क्वालिटीलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एवानले निर्धारित १५ ओभरको खेलमा १४.४ बलमा सबै विकेट गुमाई ८३ रनको योगफल तयार परेको थियो । जसमा विश्वदिप आचार्यले ४३ रनको योगदान दिएका थिए । कोशी पब्लिका म्यानअफद म्याच सोनि मण्डलले ३ विकेट लिएका थिए । ४४ रनको बिजय लक्ष्य पछयाएको कोशी पब्लिकले १३ दशमल १ बलमा ३ विकेट गुमाई सो बिजय लक्ष्य पार गरेको थियो । जसमा बिबेक मेहताले नटआउट २४ रन र सोनु मण्डलले १५ रनको योगदान दिएका थिए । एवानका प्रदिप सुवेदी र सुरज पोखरेलले १ ÷१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्