बिराटनगरमा होटल म्यानेजमेन्टको नयाँ कलेज

<span class='c1'>बिराटनगरमा होटल म्यानेजमेन्टको</span> <span class='c2'>नयाँ कलेज</span>

मंसिर २०, विराटनगर ÷मलेसियाको लिंकन यूनिभर्सिटीको सम्बन्धन तथा सिटीभीटीबाट स्वीकृत होटल म्यानेजमेन्ट सम्बन्धी प्रोफेशनल कोर्स अध्यापन गराउने उदेश्यले विराटनगर–१६ मा सुप्रिम होटल स्कूल सञ्चालन भएको छ।

देश विदेशका उच्चस्तरिय स्टार होटलका निमित दक्ष प्रोफेशनल नया“ जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विराटनगरमा नै पहिलो पटक यस्तो स्कूल सञ्चालन भएको स्कूलका प्रिन्सीपल पुष्पराज पडालले जानकारी दिए । करिव १ करोडको लगानीमा अत्याधुनिक कुलिनियर स्टूडियो एंव प्रोफेसनल वार सहितको उक्त स्कूलको प्रथम व्याचको विद्यार्थीहरुलाई आज एक कार्यक्रम गरी अभिमुखीकरण तथा स्वागत गरीएको थियो । कार्यक्रममा लर्डबुद्ध उ.मा.वि. का प्रिन्सिपल सरोज भट्टराई, प्राध्यापक प्रदिप कु. दुवे, लर्डबुद्ध कलेजका संचालक इसान कुमार राई कलेजका प्रिन्सिपल पुष्पराज पडाल, यूनिभर्सल लर्डबुद्ध एकेडेमि विराटनगर प्रा.लि. का अध्यक्ष नितिन चन्द्र गजुरेल लगायतले कलेजको उद्देश्य तथा संचालनका बारेमा बताएका थिए । पहिलो ब्याचमा २२ विद्यार्थी भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्