विराटनगर इनोभेटिभ लियो क्लबको बाल आश्रममा स्वास्थ्य शिविर

विराटनगर इनोभेटिभ लियो क्लबको बाल आश्रममा स्वास्थ्य शिविर

विराटनगर मङ्सिर २२ , विराटनगर इनोभेटिभ लियो क्लबको आयोजनामा मङ्गलबार पुर्वाञ्चल बाल आश्रममा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । उक्त शिविरमा बाल आश्रमका बालबालिका तथा वृद्धाहरुको नाक,कान र घाँटीको विशेष परिक्षण गरिएको क्लबकि प्रशिक्षण निर्देशक मनसा कार्कीले जानकारी दिइन् । ग्रीनक्रस अस्पतालका डा. वरुण देवको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको कार्कीले बताइन् । क्लबले यस अघि जागृत वृद्धआश्रममा वृद्धाहरुलाई खाना खवाउने कार्यक्रम तथा इक्राइको जनता माविमा युवतीहरुलाई रजस्वला समन्धी जानकारी तथा सेनेटरी प्याड वितरण कार्यक्रम आयोजना गरेको थियो । लियो हप्ताको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

[caption id="attachment_27305" align="alignnone" width="1280"]विराटनगर इनोभेटिभ लियो क्लबका सदस्यहरु विराटनगर इनोभेटिभ लियो क्लबका सदस्यहरु[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्