बन्दका कारण दाङमा परीक्षा स्थगित

बन्दका कारण दाङमा परीक्षा स्थगित

२२ मंसिर, दाङ । अनेरास्ववियु र युवासंघले आह्वान गरेको दाङ बन्दका कारण पश्चिम क्षेत्र स्तरीय रुपमा संचालन भईरहेको परीक्षा आज एक दिनका लागि स्थगित भएको छ ।

पश्चिम क्षेत्र स्तरीय परीक्षा समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुसार आज हुने भनिएको परीक्षा वन्दका कारण स्थगन गरिएको र आजको परीक्षा अव पुष १ गते विद्यालयका प्रधानाध्यापकहरुलाई अनुरोध गरिएको छ ।

साथै भोली हुने परीक्षा भने नियमित तालिका अनुसार नै संचालन हुने छ  ।  बन्दका कारण जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी  साधन सञ्चालनमा आएका छैनन्, भने जिल्लाका शैक्षिक संस्था, वजार खुलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्