बिराटनगर मङ्सिर २३ ,
पुर्वाञ्चलका मुख्य कराँते प्रशिक्षकको रुपमा काम गरिरहेका विराटनगरका शोभित प्रसाईं नेपालको कराँतेका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । विराटनगरका प्रसाईं नेपालको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएपछि विराटनगरका खेल पदाधिकारी तथा खेलप्रेमीले निकै उत्सुकताका साथ हेरेका छन् । बुधबार उनलाई मोरङ कराँते संघले स्वागत सम्मान गरेका छन् ।