हिट एण्ड ह्याङआउटमा क्रिसमस डे मनाइने

हिट एण्ड ह्याङआउटमा क्रिसमस डे मनाइने

बिराटनगर मङ्सिर २३ ,

विराटनगरको हिट एण्ड ह्याङआउट फुटसलमा क्रिस्चियनहरूको ठुलो चाड क्रिसमस डे को अवसरमा डिसेम्बर २५ तारिखमा कार्यक्रम हुने भएको छ । ह्यापिली बेक र फुटसलको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा हाउजी खेल , स्वादिष्ट खाना साथै डान्स पार्टी समेत गरिने आयोजक आशिष अग्रवालले आवर विराटनगरलाई बताए । कार्यक्रममा सहभागी हुन ३५० रुपैयाको टिकट भएपनि उक्त टिकटबाट खाना , खेल्न र डान्स पार्टीमा सहभागी हुन सकिने अग्रवालले जानकारी दिए । हिट एण्ड ह्याङआउट फुटसलले बेलाबेलामा विभिन्न रोचक कार्यक्रम गर्दै आएको छ । कार्यक्रमलाई आवर बिराटनगर डट नेटले मुख्य मिडिया पार्टनरको रुपमा साथ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्