बिराटनगर मङ्सिर २३ ,
मोरङको हात्तीमुढास्थित मनमोहन पोलीटेक्निकल कलेजमा गणित विषयको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । मङ्सिर २५ र २६ गते हुने उक्त सम्मेलन दुई दिन सम्म चल्ने छ । सम्मेलनमा भाग लिन नेपाल , भारत ,भुटान लगायतका देशबाट विद्यार्थीहरु आउने भएका छन् । सम्मेलनले विद्यार्थीहरुलाई नयाँ उर्जा थपिने आयोजकको भनाइ छ ।