बिराटनगर जोगबनी नाकाबाट लागूऔषधसहित दुई पक्राउ

<span class='c1'>बिराटनगर जोगबनी नाकाबाट</span> <span class='c2'>लागूऔषधसहित दुई पक्राउ</span>

मोरङ, मंसिर २३

मोरङको बिराटनगर २१ स्थित जोगबनी नाकाबाट बुधबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ दुर्गा चौक बस्ने राकेश श्रेष्ठ र ईटहरी उपमहानगरपालिका २४ तरहराका सन्तोष श्रेष्ठ छन्।

राकेशलाई सशस्त्र प्रहरी बलको टोलीले बुधबार दिउँसो विराटनगर २१ हुलास मेट चौकबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएको हो।

त्यस्तै सन्तोषलाई लागूऔषध नियन्त्रण ईकाईको टोलीले भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट पक्राउ गरेका हुन्। दुबैको साथबाट डाइजेल्याब २४ एम्पुल, लुपिजेसिक २४ एम्पुल, एभिल २४ एम्पुल र नाइट्रोसन ट्याब्लेट ९० पिस बरामद भएको छ।

दुबै जनालाई थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्