विराटनगरमा जारी क्रिकेटमा यूरो किड्स र गोदावरी विजयी

विराटनगरमा जारी क्रिकेटमा यूरो किड्स र गोदावरी विजयी

२७ मंसिर,विराटनगर । पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा यूरो किड्स र गोदावरी विजयी भई सेमीफाइनलमा प्रवेश गरेकोे छ ।
पहिलो खेलमा यूरो किड्सले डिएभी स्कूललाई १० रनले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको यूरो किड्सले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ११ रनको योगफल तयार पारेको थियोे । जस्मा केशव सारडाले १४ रनकोे योगदान गरेका थिए । डिएभीका म्यान अफ द म्याच अमित झाले ४ विकेट लिएका थिए ।
जवाफमा १ सय १२ रनको विजय लक्ष्य पछ्याएको डिएभिले २० ओभरमा सवै विकेट गुमाई १सय १ मात्र बनाउन सक्यो । जस्म पप्पु यादवले १९ रनको योगदान दिएका थिए । यूरोकिड्सका सभम दासले २ विकेट लिएका थिए ।
दोस्रो खेलमा गोदावरी स्कूलले सृजना ज्ञानकुन्ज स्कुललाई ७ विकेटले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सृजना ज्ञानकुन्जले निर्धारित २० ओभरको खेलमा १६ दशमलव २ बलमा सवै विकेट गुमाई ७१ रनको योगफल तयार पारेको थियोे । जस्मा आषिस मेहताले नटआउट १८ रनकोे योगदान गरेका थिए । गोदावरीका म्यान अफ द म्याच विजय यादवले ४ ओधरमा १४ रन दिएर ५ विकेट लिएका थिए ।
जवाफमा ७२ रनको विजय लक्ष्य पछ्याएको गोदावरीले ५ दशमलव २ बलमा ३ विकेटको क्षतीमा सो विजय लक्ष्य पार गरेको थियो । जस्मा विक्रम महतोले ३० रनको योगदान दिएका थिए । सृजना ज्ञानकुन्जका भवेश मगरले २ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्