काठमाडौं २८ मंसिर। प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्दै छ ।
संविधान संशोधन, सदन सुचारु गर्ने विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।
माओवादी केन्द्र र नेपाली कांग्रेस सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
केही दिन अघि सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्दै संसदको अवरोध हटाउन पहल गर्न आग्रह गरेकी थिइन् ।