सुचनाको हक सम्बन्धी कार्यशाला बिराटनगरमा सम्पन्न

सुचनाको हक सम्बन्धी कार्यशाला बिराटनगरमा  सम्पन्न

सुमन सुस्केरा
विराटनगर, मंसिर २८
सुचनाको हक सम्बन्धी दुई दिने कार्यशाला बिराटनगरमा सम्पन्न भएको छ । सुचनाको अभियानताहरुको लागि सुचना लिने र दिने बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा सहभागिले सुचनाको अधिकारको अझै पनि प्रयोगमा ल्याउन समस्या रहेको बताएका छन् ।
दुई दिन सम्म चलेको कार्यक्रममा सुचनाको अभियनताहरुले ८ बुँदे ज्ञापन पत्र बनाउँदै राष्ट्रिय सुचना आयोगका आयुक्त कृष्णहरी बाँस्कोटालाई बढेर सुनाएका छन् । स्काईपको प्रयोग गर्दै आयोगका आयुक्त बाँस्कोटालाई सुचनाको अधिकार अझै पुर्ण रुपमा कार्यान्वयनमा समस्या रहेको जानकारी गराए । आठ बुँदे ज्ञापन पत्रमा अभियन्ताहरुले सार्बजनिक निकायलाई जवाफदेही, पारदर्शी र उत्तरदायि बहन गर्दै सुचनाको हक कार्यान्वयन गर्न दवाव दिए ।
सुचनाको हकको अक्षरस पालना गर्न तथा गराउनको लागि आयोगले नै जवाफदेही भुमिका निर्वाह गर्न नसकेकोसमेत अभियनताहरुले आयुक्तको ध्यानाकर्षण गराएको सुचनाको नेपाल ग्रामिण विकास समाज केन्द्रका सभापति मणि कुमार अज्र्यालले जानकारी दिनुभयो । आठ बुँदे ज्ञापन पत्रको बारेमा प्रतिक्रिया दिनुहुँदै आयुक्त बाँस्कोटाले सबै आठ बुँदेको बिषयमा आफ्नो ध्यानाकर्षण भएकोले त्यसलाई कार्यान्वयनको लागि प्रतिबद्धता जनाउनु भएको छ ।
सुचनाको. हकको प्रयोग र कार्यान्वयनले सार्वजनिक निकायलाई जवाफ देही मा बनाएने नभई सहभागिता मुलक लोकतान्त्रकको विकासका लागि सुचनाको हक अपरिहार्य रहेको एक्सनएड पुर्वाञ्चल श्रोत केन्द्रका प्रमुख प्रमोद कुमार जयसवालले बताउनुभयो । कार्यक्रम नेपाल ग्रामिण विकास समाज केन्द्र, राष्ट्रिय सुचना आयोग, एक्सनएड तथा फोरम फर पार्टिसिपेटरी डेमोक्र्यासी बिराटनगरले संयुक्त रुपमा आयोजना गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्