बिराटनगरमा किरात धर्मालम्बीहरुको उद्यौली पर्व भव्य रुपमा मनाइयो

बिराटनगरमा किरात धर्मालम्बीहरुको उद्यौली पर्व भव्य रुपमा मनाइयो

प्रेम देवान

विराटनगर २८ मंसिर ।

प्रकृति र पितृको पूजा गरी मंगलबार राई, लिम्बु, सुनुवार, याक्खा लगायत किरा“त समुदायको ठूलो चाड साकेला उधौली पर्व विराटनगरमा भव्यरुपमा मनाएका छन् । किरा“त समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछी आप्mनो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडको रुपमा मनाउने गर्दछन् ।fb_img_1481677731746

परम्पराअनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला मंगलबार संयुक्त रुपमा मनाएका छन् । किरा“त समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । पर्वको अबसरमा बिराटनगर–१५ मा रहेको साकेला थानमा सबै किरा“त समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए । चण्डी नाचमा किरा“त समुदायका मानिसमात्र नभएर अन्य के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका युवा वर्गहरुको बाक्लो मात्रमा सहभागिता रहेको थियो । उद्यौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किरा“त राई यायोख्खा नगर परिषद्का अध्यक्ष मोहन राईले बताए ।,fb_img_1481677692897

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइ“ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने चलन छ । प्रकृतिपूजक किरा“त समुदायले भाषा, संस्कार र संस्कृतिले आ–आप्mनो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभरका किरा“त समुदाय यो पर्व मनाउ“छन् । उधौलीको अवसरमा एकै ठाउ“मा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किरा“त समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाचेर यो पर्व मनाइरहेका छन् । fb_img_1481677722353

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्