प्रधानमन्त्री प्रचण्डको सम्पति विवरण

प्रधानमन्त्री प्रचण्डको सम्पति विवरण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

सम्पत्ति विवरणमा प्रचण्ड पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्रीको परिवारको नाममा चितवनमा एक कठ्ठा जमिन र तीन तोला सुन बाहेक कुनै सम्पत्ति उल्लेख गरिएको छैन् ।

क्त सम्पत्ति पनि उनको नाममा नभई श्रीमती सिता दाहालको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उक्त सम्पत्ति पनि स्वआर्जन नभएर पैतृक रहेको उक्त विवरणमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्