इडेन स्कुलमा शनिबार रजत जयन्ती मनाइने

इडेन स्कुलमा शनिबार रजत जयन्ती मनाइने

३० मंसिर,विराटनगर ÷ गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध रहेको विराटनगर – ४ आयल निगम पूर्व रहेको इडेन नेशनल बोर्डिङ स्कुलले २५ औ रजत जयन्ती भब्य कार्यक्रम आयोजना गरी मनाउन तयारी गरेको छ ।
पुस २ गते स्कुलको प्राङ्गणमा भब्य कार्यक्रम आयोजना गरी रजत जजयन्ती मनाउने तयारी गरेको हो । स्कुलले वर्षभरीको विभिन्न कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार देखि कक्षागत रुपमा प्रथम, द्धीतीय र तृतीय हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गर्ने स्कुलका प्रिन्सिपल सि.एम. बस्नेतले जानकारी दिए । सोही अवसरमा साँस्कृतीक कार्यक्रमदेखी विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रहरु समेत हुने स्कुलले जनाएको छ । कार्यक्रमको सहभागि हुन नसक्ने अभिभावकहरुको सहजको लागि रजत जयन्तीको प्रत्यक्ष प्रसारण स्थानिय मकालु टेलिभजनबाट गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्