विराटनगरमा बैदेशिक रोजगारीका विषयमा फोटो प्रदर्शनी हुने

विराटनगरमा बैदेशिक रोजगारीका विषयमा फोटो प्रदर्शनी हुने

विराटनगर,पुस २
अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसका अबसरमा विराटनगरमा फोटो प्रदर्शनी गरिने भएको छ । महिला पुनस्थापना केन्द्र(ओरेक)मदनपुरस्कार पुस्तकालय लगायतका संस्थाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आइतबार र सोमबार जिल्ला विकास समिति मोरङको सभाहलमा फोटो प्रदर्शनी तथा अन्तक्र्रिया गर्न लागेको जानकारी दिएका हुन् ।
बिषेश गरी भारतका विभिन्न स्थानमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली आप्रवासी महिलाहरूको कथा र व्यथालाई समेटेर श्रव्यदृष्यसहितको फोटो प्रदर्शनी आयोजना गर्न लागिएको ओरेक नेपाल मोरङकी संयोजक मौसमी राईले बताइन् । उनका अनुसार प्रदर्शनीमा मोरङ, झापा, इलाम,बर्दिया, महेन्द्रनगर र काठमाण्डौंलगायतका जिल्लाहरूबाट भारतमा रोजगारीका लागि गएका ३० जना आप्रवासी महिलाहरूको दैनिकी र अनुभवलाई समेटीएको छ । यस अघि भारतको व्याङ्लोर र काठमाण्डौंमा यस्तो प्रदर्शनी गरिसकिएको जनाइएको छ । प्रदर्शनीमा भारत र खाडी मुलुकबाट फर्किएका आप्रवासी कामदार,जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरू र विभिन्न कलेजका विद्यार्थीहरू सहभागि हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्