विराटनगरस्थित इडेन स्कुलमा २५ औ रजत जयन्ती

विराटनगरस्थित इडेन स्कुलमा २५ औ रजत जयन्ती

२ पुस ,विराटनगर ÷ गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध रहेको विराटनगर – ४ आयल निगम पूर्व रहेको इडेन नेशनल बोर्डिङ स्कुलले २५ औ रजत जयन्ती शनिबार भब्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्कुलको प्राङ्गणमा आयोजना भएको रजत जयन्तीको उदघाटन प्रमुख अतिथि मोरङ जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनालले गरेका थिए । कार्यक्रममा प्याब्सन मोरङका उपाध्यक्ष प्रेमसिंह सुवाल,स्कूलका प्रिन्सिपल चिन्तामणी बस्नेत, सञ्चालक नमितम न्यौपाने लगायतले शुभ कामना मन्तब्य दिएका थिए । स्कूलका सस्थापक अध्यक्ष तुलसी पोखरेलको सभापत्विमा भएको कार्यक्रममा स्कूलमा अध्यनरत विद्यार्थीहरुले उपस्थीत अतिथि तथा अभिभावकलाई साँस्कृतीक कार्यक्रम, नृत्य तथा गित गाएर दिन भर मनोरन्जन दिएका थिए । सो अवसरमा स्कुलमा वर्षभरीको विभिन्न कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार देखि कक्षागत रुपमा प्रथम, द्धीतीय र तृतीय हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्