प्रदेश सीमांकन हेरफेरको बिरोधमा बुटवलमा भइरहेको आन्दोलन अराजक बन्दै

<span class='c1'>प्रदेश सीमांकन हेरफेरको बिरोधमा बुटवलमा</span> <span class='c2'>भइरहेको आन्दोलन अराजक बन्दै</span>

३ पुस बुटवल । प्रदेश सीमांकन हेरफेरको बिरोधमा बुटवलमा भइरहेको आन्दोलन अराजक बन्दै गएको छ । बन्दको बहानामा शनिबार साँझ बिरामी बोकेको एम्बुलेन्समा समेत प्रदर्शनकारीले आक्रमण गरेका छन् ।

आन्दोलनकारीले भुपु शैनिक क्लव बुटवलको लु १ च २१३१ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् । भैरहवा बिमानस्थलबाट बिरामी लिएर आउदै गरेको एम्बुलेन्स माथि तोडफोड भएको हो ।

प्रहरी बिटकै अगाडि एम्बुलेन्स तोडफोड हुँदा समेत प्रहरी मुक्दर्शक बनेको थियो । एम्बुलेन्स विरामी बोकेर बुटवल ९ को दीपनगर जाँदै गरेको चालक ज्ञान बहादुर भट्टचनले बताए ।

चालकका अनुसार काठमाडौंमा मुटुको शल्यक्रिया गरेर ल्याइएका विरामी शनिचरी श्रेष्ठलाई एम्बुलेन्सको सिसाले काटेको छ ।

-अनलाइन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्