पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पूरा

<span class='c1'>पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद</span> <span class='c2'>प्रतियोगिताको सबै तयारी पूरा</span>

बिराटनगर पुस ४ ,

पुस ८ गतेदेखि १५ सम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभएको हो । प्रतियोगिताहरुको सबै तयारी पूरा भएको जानकारी दिदै सदस्यसचिव विष्टले अब खेल र खेलाइने स्थान परिवर्तन नहुने बताउनुभयो । प्रतियोगिताका लागि आवश्यक पर्ने सबै कामहरु व्यवस्थित ढंगबाट अघि बढेकोले खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरुको सहयोगबाट सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिएको छ । प्रतियोगिताको २७ खेल पूर्वाञ्चलको सुनसरी, मोरङ र झापामा हुनेछन् । बाँकी खेलहरु पोखरा तथा ललितपुरमा भइसकेको छ । प्रतियोगिताको उद्घाटन पुस ८ गते विराटनगरको सहिद रंगशालामा हुनेछ । सातौं राष्ट्रिय प्रतियोगितामा २ हजार ३ सय ३ जना खेलाडी छनौट भएका छन् । उनीहरु क्षेत्रीय छनौट चरण पार गरी आएका हुन् । जसमा १ हजार ६ सय ६९ जना महिला खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा २ सय ९४ स्वर्ण २ सय ९४ रजत र ४ सय ४७ कास्य पदक गरी कुल १ हजार ३५ पदका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्