कान्तिपुर कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम

कान्तिपुर कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम

विराटनगर, पुस ४,

मोरङको विराटनगर स्थित कान्तिपुर कलेजमा प्रहरीले आइतबार एक दिने चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगर महिला तथा बालबालिका सेलबाट खटिएका प्रहरीले उक्त कलेजमा अध्ययनरत कक्षा १२ का छात्र तथा छात्राहरुलाई बिभिन्न विषयमा चेतनामुलक प्रशिक्षण दिएका हुन्।

प्रहरी मेरो साथीको ब्यानरमा नागरिक-प्रहरी हातेमालो कार्यक्रम अन्तरगत संचालन गरिएको सो कार्यक्रममा ३८ जना बिधार्थीहरु सहभागी थिए।

सहभागी बिधार्थीहरुलाई प्रहरीले घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर क्राईम, बाल अधिकार तथा बाल बिज्याईँ र लागूऔषध दुर्व्यसनीका विषयमा जानकारी गराएका छन्।

प्रशिक्षणकाक्रममा बिधार्थीहरुसंग अन्तरकृयात्मक बिधीका माध्यमबाट उनीहरुको जिज्ञासालाई समेत सम्बोधन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्