इन्धनको मूल्यबृद्धि फिर्ता लिन माग

इन्धनको मूल्यबृद्धि फिर्ता लिन माग

४ पुस, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले इन्धनको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । नभए आन्दोलन गर्ने उसको चेतावनी छ ।

विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै मूल्य बृद्धि फिर्ता लिन माग गरेका हुन् । कच्चा तेलको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढेको आयल निगमको तर्क गरेको छ । तर, विप्लव माओवादीले भनेको छ, विगतमा तोकिएको मूल्य नै अझ पनि बढि रहेको छ ।’

उसले अघि भनेको छ, हिजो अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको ५० प्रतिशत मूल्य घट्दा केवल ५० पैसा, रु.१ का दरले मात्र घटाउने गरेको थियो । तर अहिले प्रतिव्यारेल केवल २ डलर मात्र बढ्दा प्रतिलिटर रु.४ बढाइएको छ ।यसरी अत्याधिक मूल्य बृद्धि गर्नु आयल नगिमले गर्दै आएको घोटला, राज्यसञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा पुर्‍याउनु बाहेक अरु कुनै कारण छैन ।’मूल्य बृद्धिले जनताको दैनिक जीवनलाई झनै कष्टकर बनाएको भन्दै माओवादीले आन्दोलन गर्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्