बैजनाथपुरको क्रिकेट मैदान सातौं राष्ट्रिय खेलकुदको लागि तयार

<span class='c1'>बैजनाथपुरको क्रिकेट मैदान सातौं</span> <span class='c2'>राष्ट्रिय खेलकुदको लागि तयार</span>

बिराटनगर पुस ५ , सातौं राष्ट्रिय खेलकुदका लागि आयोजकको तर्फबाट सबै तयारी पूरा भएको जानकारी आएको छ । यसैबीच बिराटनगर छेवैमा रहेको बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच तयार पारिएको छ । अन्तर्राष्ट्रिय अम्पायर तथा पिच क्युरेटर शिरीष उपाध्यायको रहोवरमा मैदानको काम सम्पन्न भएको हो । मैदानमा दुईवटा पिच निर्माण गरिएको छ । पुस ९ गतेदेखि उक्त मैदानमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु हुने छन् । ६० लाख बजेट छुट्टयाइएको उक्त मैदानलाई अझ राम्रो बनाउन ५० लाख बढी रकम अझै आवश्यक रहेको क्युरेटर उपाध्यायले बताए । बिराटनगरमा क्रिकेट खेल प्रति धेरैको रुचि रहेपनि पुर्वाधारको अभाव रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्