बिराटनगर पुस ६ ,
बिराटनगरमा विप्लव नेतृत्वको नेकपा माओवादीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता लिनुपर्ने माग सहित माओवादी मोरङले विराटनगरको संसरीमाईस्थानबाट सुरु गरेको र्याली मेनरोड , जलजला चोक , महेन्द्र चोक हुदै ट्राफिक चोकमा पुगेर आमसभा गरिएको थियो । सभामा माओवादीका नेताहरुले सरकारको निर्णय विरुद्ध आक्रोश पोखेका थिए ।