बन्द गराउन हिँडेका १२ जना काठमाडौंबाट पक्राउ

बन्द गराउन हिँडेका १२ जना काठमाडौंबाट पक्राउ

काठमाडौं, पुस ७
बन्द गराउन हिँडेका १२ जना विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई  काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका छन् । गाडी चल्न नदिने खोज्ने ११ जनालाई पक्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अहिले काठमाडौं उपत्यकामा गाडीको आवतजावत सामान्य छ । बिहीबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पेट्रोलियममा भएको मुल्य बृद्धिको विरोधमा काठमाडौं उपत्यका बन्दको आह्वान गरेको हो ।

तर अहिले गाडीको आवागन सामान्य भएकाले ढुक्क भएर गाडी चलाउन र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । बिहानैदेखि काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन् । बन्दका कारण धेरै नीजि विद्यालय भने बिदा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्