टंकिसिनुवारीमा बस र लहरी जुध्दा १० घाइते

<span class='c1'>टंकिसिनुवारीमा बस र लहरी</span> <span class='c2'>जुध्दा १० घाइते</span>

मोरङ, पुस ८

कोशी राजमार्ग अन्तरगत मोरङको टंकिसिनुवारी २ मा बिहिबार साँझ बस र लहरी ठोक्किंदा दश जना घाइते भएका छन्।

ईटहरीबाट विराटनगरतर्फ आउदै गरेको को १ ख ५४४६ नम्बरको बस साँझ ७ बजे टंकीसिनुवारी २ स्थित आरती स्टील उधोग अगाडी NL-01-D-5832 नम्बरको लहरीसंग ठोक्किएको हो।

घाइतेहरुमा बसका यात्री मोरङ टंकी १ बस्ने सरीता काफ्ले, टंकि १५ बस्ने ममता दास, बैजनाथपुर ५ बस्ने भुमीका कोईराला, सोही ठाउँ बस्ने रुद्र प्रसाद कोईराला, मोरङ बिराटनगर ७ नस्ने टंक सहनी, गायत्री सहनी, विराटनगर १० बस्ने मदन राई, विराटनग ३ बस्ने नथुमल जैन, विराटनगर १० बस्ने गोबिन्द राय, र अमीत दास रहेका छन।

घाइतेहरुको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ। दुबै सवारी साधन इलाका प्रहरी कार्यालय निमुवामा राखीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्