सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता विराटनगरमा सुरु

<span class='c1'>सातौ राष्ट्रिय खेलकुद</span> <span class='c2'>प्रतियोगिता विराटनगरमा सुरु</span>

प्रेम देवान

विराटनगर ८ पुष ।

विराटनगरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारील उद्घान गर्दै सुरु भएको छ ।

राष्ट्रिपति भण्डारीले उदघाटन समारोहलाई सम्बोधन खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै उहांले विद्यालयस्तरदेखि नै खेल सम्वन्धी महत्व दिन सके खेलकदको विकास हुने बताउनुभयो ।

साथै राष्ट्रिपति भण्डारीलेगर्दै गएको वैशाख १२ को भूकम्पबाट क्षति पुर्‍याएको खेल रफातरलाई समयमा नै सातौं खेलकुद गर्नु सक्नुमा राखेप प्रति ध्रन्यवाद प्रकट गर्नुभयो ।

यसैगरी युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले राष्ट्रिय कीर्तिमान कायम गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । सातौं राष्ट्रिय खेलकुद आगामी साग गेमको आधारको रुपमा रहने भन्दै उहाले भौतिक संरचनाको विकासमा सरकार लागिपरेको बतानुभयो ।

प्रतियोगिता तीन वर्ष अघि नै हुनुपर्ने भए पनि विविध कारणले पाँच वर्षपछि आयोजना गरिएको हो । हरेक २ वर्षमा हुने गरी ०३८ साल भदौमा काठमाडौंमा शुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना गरिएको हो ।

उदघाटन समारोहमा सातौँ राष्ट्रिय खेलकुदमा गायक सुमित खड्का र प्रस्ना शाक्यले खेलकुदको राष्ट्रिय गीत गाएका थिए । समारोहमा आदिवसाी जनजातीका २५ वटा परम्परा झल्किने झाँकी प्रदर्शन गरिएको थियो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अमाज शुत्रबार देखी पुस १५ गते सम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्