विराटनगर पुस ९, संघीय समाजवादी फोरम नेपालको प्रथम मोरङ जिल्ला अधिवेशन आजबाट विराटनगरमा हुने भएको छ । अधिवेशनको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दुई दिनसम्म चल्ने अधिवेशनमा मोरङ जिल्लाका ११ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने जानकारी आएको छ । बिराटनगरको हाटखोला मैदानमा उद्घाटन कार्यक्रम हुनेछ ।