सातौ राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार भएका खेलका नतिजा

<span class='c1'>सातौ राष्ट्रिय खेलकुद अन्तर्गत</span> <span class='c2'>शनिबार भएका खेलका नतिजा</span>

 बिनु तिम्सिना

कबड्डी
सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला तथा पूरुष कवडी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज महिला तर्फ ४ र पूरुष तर्फ दुई खेलहरु भएका छन् । लिग चरण अन्तरगत महिला तर्फ भएको पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई पराजित गरेको छ । नेपाली सेनाको टोलीले पश्चिमाञ्चलाई ६८÷१६ अंकले पराजित गरेको हो । त्यस्तै महिला तर्फकै दोस्रो खेलमा नेपाल प्रहरीले ससत्र प्रहरीलाई पराजित गरेको छ । ससत्र प्रहरीलाई ११÷५२ अंकले पछि पार्दै नेपाल प्रहरीले विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत भएको तेस्रो खेलमा मध्यमाञ्चल बिजयी भएको छ । पूर्वाञ्चललाई २३ ÷ ३२ अंकले पछि पार्दै मध्यामाञ्चल विजयी भएको हो । प्रतियोगिता अन्तरगत महिला तर्फ शनिवार नै भएको चौथो खेलमा मध्यपश्चिमाञ्चललाई २२ ÷ ४२ अंकले पराजित गर्दै सुदुर पश्चिमाञ्चल बिजयी भएको हो । त्यस्तैगरी पूरुष तर्फ भएको पहिलो खेलमा मध्यमाञ्चल बिजयी भएको छ । विभागिय टोली ससत्र प्रहरीलाई २१ ÷ ५७ अंकले पराजित गर्दै मध्यामञ्चलले जित निकालेको हो । दोस्रो खेलमा सूदुर पश्चिमाञ्चललाई पराजित गर्दै नेपाली सेना बिजय भएको छ । पश्चिमाञ्चललाई २७÷ ४३ अंकले पराजित गर्दै नेपाली सेना बिजयी भएको हो ।

पुरुष क्रिकेट 

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेकाछन् ।
मोरङको झापा बैजनाथपुरस्थित क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा आर्मीले सुदूरपश्चिमाञ्चलको टोलीलाई ८७ रनले पराजित गर्दै ३ अंक जोडेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभर ३ विकेटको क्षतिमा २ सय ९ रनको योगफल बनाएको थियो । जसमा नरेश बुढाएरले अविजित ८१ रन जोडेका थिए । त्यसैगरी, सागर पुनले पनि टोलीलाई ४४ रनको योगदान दिए । अर्कोतर्फ सुदूरपश्चिमाञ्चलको टोली निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन रोकियो । जसमा रोशन नेपालीले सर्वाधिक ५० रन बनाए । आर्मीको जितमा राहुल विक, सागर पुन, राजेश पुलामी र विक्रम सोभले समान एक विकेट लिए । त्यसैगरी, दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धात ओभरमा ५ विकेट गुमाउदै १ सय ४६ रन बनाएको थियो । एक सय ४७ को विजय लक्ष्य पछ्याएको पश्चिमाञ्चलको टोली ८ विकेट गुमाउदै एक सय २९ रनमा रोकिएको थियो । पुलिसको जितमा मंजित श्रेष्ठले अविजित ४९ रन र दीपेन्द्र ऐरीले अविजित २८ रन जोडेका थिए । यस जितसँगै पुलिस क्लबले समूहमा ३ अंक बनाएको छ ।

khel3

हक्की
सातौं राष्टिय खेलकुद अन्तर्गत पुरुष हक्कीतर्फ आज त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल क्षेत्रले सहज जित हात पारेको छ । त्यसैगरि, महिलातर्फ भने पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चले विजयी सुरुआत गरेका छन् ।
विराटनगरको डिपिएस खेल मैदानमा भएको खेलमा आर्मीले मध्यमाञ्चलमाथि सहज जित निकालेको हो । समूह ए अन्तर्गत भएको खेलमा जित हात पारेको आर्मीका लागि प्रदीप राजवंशी, राम साहले समान दुइ गोल गरेका थिए । त्यसैगरि, सामेल राई, दिपेन्द्र ऐर, प्रेम राई, र जितेन्द्र राईले समान एक गोल गरे । जितसंगै, आर्मीको २ अंक भएको छ । त्यसैगरि, समूह ख को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चलाई २ का विरुद्ध ४ गोलले पराजित गरेको छ । जित हात पारेको सुदूरपश्चिमाञ्चलले समुहमा स्पस्ट दुइ अंक बनाएको छ। आजै भएको महिलातर्फको खेलमा भने सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई चार एक गोल अन्तरले हराएको छ । त्यसैगरि अर्को खेलमा पश्चिमाञ्चलले घरेलु टोली पूर्वाञ्चललाई चार शुन्यले स्तब्ध बनाएको छ ।
महिला फुटबल
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै स्वर्ण पदकमा कब्जा गरेको छ ।
सुनसरीको दुहबीस्थित टेलिकमको खेलमैदानमा आज भएको फाइनलमा दुवै विभागिय टोली निर्धारित समय गोल गर्न असफल भएका थिए । पहिलो हाफमा एपीएफले राम्रो मुभ बनाएपनि पुलिसको रक्षापंक्तिले त्यसलाई विफल बनाएको थियो । अर्कोतर्फ खेलमा दबाब बनाएपनि पुलिसको अग्रपंक्तिले सोचे अनुसारको प्रर्दशन भने गर्न सकेन् अन्तत खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । जसमा एपीएफले चार गोल गर्न सफल भएको थियो भने पुलिस क्लबले मात्र दुइ गोल गर्न सफल भयो । उपाधि उचालेको एपीएफका लागि रुपा रानामगर प्लेयर अफ दि म्याच भए । त्यसैगरि, आजै भएको तेश्रो स्थानका खेलमा जित हात पार्दै त्रिभुवन आर्मी क्लबले कास्य पदक हात पारेको छ । आर्मीले मध्यमाञ्चल क्ष्ँेत्रलाई एकका विरुद्ध दुइ गोलले पराजित गर्दै कास्य पदक आफनो पोल्टामा पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीको तर्फबाट सुस्मिता तामाङ र इन्दिरा राईले गोल गरेका थिए । त्यसैगरि, चौथो स्थानमा खुम्चिएको मध्यमाञ्चलका लागि भने मेनुका नगरकोटीले सान्त्वना गोल गरेकी थिइन् । यसैविच नगरकोटीलाई प्लयेर अफ दि म्याच घोषित गरिएको सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष दीलिप राईले जानकारी दिए ।
कराँते
सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् ।
विराटनगरस्थित शहिद रङ्गशालामा भएको कराते प्रतियोगिता अन्तरगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । उनले काठमाण्डौमा भएको पाँचौ र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक हात पारेका थिए । ह्याट्रिक गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उनले राष्ट्रिय खेलकुदमा लगातार तीन पटक विजयी भएकोमा निकै खुशी लागेको बताए । प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गरे । यस्तै महिला तर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङ्गले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी बर्षा साउदले कास्यमा चित्त बुझाए ।

dsc_0680
शुटिङ
सातौं राष्ट्रिय खेलकुद अन्तरगत आज देखि शुटिङ खेल सुरु भएको छ ।
मोरङको झापा बैजनाथपुरमा नवनिर्मीत शुटिङ रेन्जको पूर्व युवा तथा खेलकुद मन्त्री पुरुसोत्तम पौडेलले उद्घाटन गर्नुभयो । पूर्वमन्त्री पौडेलले शुटिङ रेन्जको उद्घाटन गरेर खेल समेत सुरु गर्नुभयो । शुटिङ रेन्ज को छाना हाल्ने काम आज सम्म भइरहेकाले खेल सुरु हुन ढिलो भएको थियो । आज भएको महिला पेस्तोलमा नेपाल आर्मीकी हेमा चौधरी ३ सय ४९ अंक ल्याएर प्रथम भइन् । त्यस्तै नेपाल प्रहरीकी सविता बस्नेत ३ सय ४८ अंक ल्याएर द्वतिय र पूर्वाञ्चलकी कमला राइ ३ सय १९ अंक ल्याएर तृतिय हुन सफल भइन् । त्यस्तै आजै भएको महिला राइफल तर्फ ३ सय ४४ अंक ल्याएर मध्यपश्चिमाञ्चलकी शान्तिी बिष्ट प्रथम हुन सफल भइन् । त्यस्तै तिन सय ३९ अंक ल्याएर नेपाल पुलिसकी बिना परियार द्वतिय र पूर्वाञ्चलकी अमिता श्रेष्ठ २ सय ८६ अंक ल्याउदै तृतिय भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्