मेरिल्याण्ड कलेज बिराटनगरमा क्रिसमस कार्यक्रम सम्पन्न

<span class='c1'>मेरिल्याण्ड कलेज बिराटनगरमा</span> <span class='c2'>क्रिसमस कार्यक्रम सम्पन्न</span>

 

बिराटनगर पुस १० , बिराटनगरस्थित मेरिल्याण्ड कलेजमा क्रिसमस कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर-६ भृकुटी चोक स्थित कलेजमा बिबिए पढिरहेका २५० बढी बिद्यार्थी तथा कलेज परिवारले बिभिन्न खेल, सांगीतिक कार्यक्रम सहित क्रिसमस केक काटेर क्रिसमस मनाएका छन् । कलेजमा स्यन्ता क्लौज बनाइएर बिद्यार्थीहरुलाई बिभिन्न चकलेट तथा उपहार पनि बाढिएको थियो । कलेजले स्थापना काल देखिनै क्रिसमस लगायतका चाडपर्वमा बिभिन्न कार्यक्रम गर्दै आएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।

कलेजले बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्