बिराटनगर पुस ११ , क्षेत्रीय खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालयको आयोजनामा बिराटनगरमा २ दिने खाद्य मेला हुने भएको छ । विराटनगरको हाटखोला मैदानमा यहि पुस १५ र १६ गते उक्त मेला हुनेछ । मेलामा खाद्य उद्यममा प्रयोग गरिने विभिन्न मेसिन तथा भाडाकुडाको समेत प्रदर्शनी गरिने छ । मेलामा स्टल तथा प्रवेश निशुल्क रहेको छ भने उत्कृष्ट परिकार बनाउनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।