सुनसरी धरान १५ मिलन चौक बस्ने भिमराज लिम्बुलाई प्रहरीले एभिल १० एम्पुल, लुपिजेसिक १० एम्पुल, डाइजेल्याब १० एम्पुलसहित पक्राउ गरेको हो।
लिम्बुलाई सिआरभी जतुवाको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको थियो। उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।