एसबी.एससी सिंगीङ्ग स्टार फाईनलको तयारी पुरा

<span class='c1'>एसबी.एससी सिंगीङ्ग स्टार</span> <span class='c2'>फाईनलको तयारी पुरा</span>

प्रेम देवान

विराटनगर, १२ पुस ÷ विराटनगरमा आउँदो बिहीबार हुने ‘एसबीएससी सिंगीन स्टार सिजन – थ्री’ फाइनलको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस १४ गते हुने फाइनलको तयारी पुरा भएको जानकारी गराएको हो ।
सहकारीको अध्यक्ष विष्णु डंगोलले दिएको जानकारी अनुसार प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने मोरङ जिल्लाको विभिन्न निजी स्कुलका आवद्ध भएका १५ जना प्रतियोगिहरु पुगेको जानकारी दिनुभयो ।
‘आवाज तपाईको, गौरव राष्ट्रको देन निजी स्कुलको भन्ने मुल नाराको साथ सुरु भएको प्रतियोगिताको छनौट चरण गत भदौ ४ गतेदेखी सुरु भएको सहकारीका सचिव नगेन्द्र प्रसाद ढकालले बताउनुभयोे । प्रतियोगिताको फाइनलमा प्रवेश भएका प्रतियोगिहरु विभिन्न छनौट चरणबाट छनौट पुरा गरेर अहिले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । फाइनल राउण्डमा राईजिङ्ग स्कुलका ग्रीसम श्रेष्ठ, सनसाइन स्कुलका सुमन सुनवार, पर्लएकाडेमीकी खिना भण्डारी, मदरल्याण्ड एकाडेमीका अशिष घिमिरे, मुनाल आदर्शका दिवस श्रेष्ठ, डान स्कुलका दिव्या गिरी, सिद्धार्थ स्कुलका स्वरुप खतिवडा, डिएभी स्कुलका चुली सिंह, स्टार स्कुलका सुशान्त रेग्मी, सगरमाथा स्कुलका अंकिता उदास, एभरेष्ट स्कुलका नेहारीका बराल, सनसाइन स्कुलका अल्स्का खरेल, एभरेष्टका अस्विन थापा, मिनिल्याण्ड स्कुलका विवेक शाह र ब्राईट फ्यूचर स्कुलका सुनिल अधिकारी पुगेका छन् ।
फाइनल प्रवेश गरेका बन्द प्रशिक्षणमा गायक प्रवलदीप विश्वास, सुमन श्रेष्ठ, ज्योती सुब्बा, विकेश के शंकर, राम बहादुर राउत र दिपेन थापाले दिदै आउनुभएको छ ।
प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँको साथै आकर्षण ट्रपी प्राप्त गर्नेछन् । द्धितीयले नगद १५ हजार र तृतीयलाई नगद १० हजार गरेको प्रतियोगीहरुलाई अहिले बन्द प्रशिक्षण दिदै आएको छ ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्