विराटनगर पुस १३ , सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटको फाइनल खेलमा विवाद बिच पुर्वाञ्चलको टोली विजयी घोषित भएको छ । चौका भएको तर अम्पायरले नदिएको भन्दै एपीएफले खेल बहिस्कार गरेको थियो । एपीएफले ६५ रनको लक्ष्य पछ्याउँदै गर्दा ९ वलमा ९ रन आवश्यक रहेको अवस्थामा एपीएफकि रितु कनौडियाले प्रहार गरेको सट बाउन्ड्री तर्फ गएको थियो तर फिल्डरले रोकेको र बाउन्ड्री नभएको भनी अम्पायरले भनेपछि ठुलो विवाद उत्पन्न भएको थियो । एपीएफका खेलाडीले चौका नदिएसम्म नखेल्ने भनेपछि आयोजकले पुर्वाञ्चलको टोलीलाई विजयी भएको घोषणा गरेको थियो । विजयी हुदै पुर्वाञ्चलले स्वर्ण पदक हासिल गरेको छ ।