विराटनगर, पुस १२
मोरङको विराटनगर २० स्थित विनायक वोर्डिङ स्कुलमा प्रहरीले मंगलबार चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।
पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी विराटनगरबाट स्थलगत रुपमा खटि गएका प्रहरी टोलीले विधालयको छात्र/छात्राहरुलाई लाई घरेलु तथा महिला हिंसा , ईन्टरनेटको प्रयोग, साइवर अपराध, बाल अधिकार तथा बाल बिज्याँई र लागू औषध दुर्व्यसन सम्बन्धमा प्रशिक्षण दिएका छन।
कार्यक्रममा सहभागी विधार्थी र प्रहरीविच अन्तरकृयात्मक छलफल समेत गरी उनीहरुको जिज्ञासालाई सम्बोधन गरिएको थियो।
प्रहरी मेरो साथीको ब्यानरमा नागरिक-प्रहरी हातेमालो कार्यक्रम अन्तरगत सो कार्यक्रम संचालन गरिएको हो। कार्यक्रममा उक्त विधालयका कक्षा १० मा अध्ययनरत ४१ जना बिधार्थीहरु सहभागी थिए।