बिराटनगरको गौतम बुद्ध स्कुलमा प्रहरीको सचेतना

<span class='c1'>बिराटनगरको गौतम बुद्ध</span> <span class='c2'>स्कुलमा प्रहरीको सचेतना</span>

विराटनगर, पुस १३ गते।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको सचेतना अभियान अन्तरगत बुधबार विराटनगर-२० स्थित गौतम बुद्ध मेमोरियल सेकेण्डरी स्कुलमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगर अन्तरगत महिला तथा बालबालिका सेलबाट खटिएका प्रहरीले गौतम बुद्ध स्कुलमा कक्षा ९ मा अध्ययनरत ५१ जना विधार्थीहरुलाई बुधबार घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार तथा बाल बिज्याईँ र लागूपदार्थको दुर्व्यसन बारे चेतनामुलक प्रशिक्षण दिएका छन्।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरी राज घिमिरेको विशेष प्राथमिक्तामा रहेको सो सचेतना अभियान अन्तरगत चालु आर्थीक वर्षमा मात्रै बिभिन्न २० स्थानमा स्थलगत खटि गई सचेतनामुलक कार्यक्रम संचालन गरि सकिएको कार्यक्रम संयोजक एवं महिला सेल प्रमुख प्रहरी सहायक निरीक्षक सरस्वती राईले बताउनु भयो।

“प्रहरी मेरो साथी” को ब्यानरमा संचालन गरिएको सो सचेतनामुलक कार्यक्रममा करिब एक हजार बढी किशोर किशोरी तथा पाँच सय बढी गृहणी महिलाहरु सहभागी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्