विराट हेल्थ कलेजमा प्रहरीको सचेतना

<span class='c1'>विराट हेल्थ कलेजमा</span> <span class='c2'>प्रहरीको सचेतना</span>

विराटनगर, पुस १४

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको सचेतना अभियान अन्तरगत बिहिबार बिराटनगर हेल्थ कलेजमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा रहेको महिला तथा बाल-बालिका सेलबाट खटिएका प्रहरीले सो कलेजको डिप्लोमा ईन फार्मेसी प्रथम वर्षमा अध्ययनरत बिधार्थीहरुलाई घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार तथा बाल बिज्याईँ र लागूऔषध दुर्व्यसन विषयमा चेतनामुलक प्रशिक्षण दिएका छन्।

नागरिक-प्रहरी हातेमालो कार्यक्रम अन्तरगत “प्रहरी मेरो साथी” को ब्यानरमा संचालन गरिएको उक्त कार्यक्रममा ४१ जना बिधार्थी सहभागी थिए।

कार्यक्रमलाई प्रहरी सहायक निरिक्षक सरस्वती राई, प्रहरी सहायक निरीक्षक चन्द्र कुमारी लावती र प्रहरी जवान ओम राज पौडेलले सहजीकरण गरेका थिए।

यसैविच मोरङको लेटाङ-भोगटेनी नगरपालिका ६ स्थित श्री लक्मी माध्यमिक विधालयमा पनि बिहिबार लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ।

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएका प्रहरीले सो विधालयको कक्षा ८, ९ र १० मा अध्ययनरत दुई सय पचास जनालाई लागूपदार्थको परिचय, प्रकार, यसका असरहरु, रोकथाम तथा नियन्त्रणका उपायहरु बारे प्रशिक्षण प्रदान गरेका हुन्।

लेटाङमा प्रहरी र स्थानीयवासी सम्मिलित लागूऔषध नियन्त्रण कार्यदलले “दुर्व्यसनलाई त्यागौ, स्वच्छ जीवन बिताऔ, दुर्व्सनबाट आफू पनि बचौं र आउने पिढीलाई पनि बचाऔ” भन्ने मुल नारा सहित बिभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्