विराटनगरमा खाद्य मेला सम्पन्न

<span class='c1'>विराटनगरमा खाद्य</span> <span class='c2'>मेला सम्पन्न</span>

विराटनगर पुस १८ , विराटनगरमा २ दिन जारी रहेको खाद्य मेला शनिबार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा उक्त मेला आयोजना गरिएको थियो । विराटनगरको हाटखोला मैदानमा सम्पन्न मेलामा परम्परागत खाद्य पदार्थ साथै तिनका पौष्टिक महत्त्व , होम स्टे , खाद्य उद्यम साथै मेसिनरीको बारे जानकारी राखिएको थियोे । मेलामा इलाम, झापा , धनकुटा , तेर्हथुम , सप्तरी , सिन्धुली ,मोरङ , सुनसरी, काठमाडौ , चितवन लगायतका ठाउँका ६० वटा स्टल राखिएको थियो । मेलामा रहेका स्टलहरु मध्ये चार वटा विधामा प्रथम , द्वितीय , तृतीय तथा सान्त्वना गरि १६ वटा स्टललाई पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्