विराटनगर पुस १८ , संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज विराटनगरमा संविधान संशोधन गरेर आफ्नो माग पूरा गराउनुपर्ने माग लिएर तराईमा खबरदारी सभा तथा जुलुस गर्ने भएको छ । विराटनगरमा आज दिउँसो २ बजे संसारीमाइस्थानबाट खबरदारी जुलुस निकालिने समाजवादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले जानकारी दिए । आइतबार मोर्चाको बैठकले उक्त कार्यक्रमको घोषणा गरेको हो ।