मिस विराटनगर २०१७ को फिनाले सम्पन्न, उपाधी सिमनले चुमिन्

<span class='c1'>मिस विराटनगर २०१७ को फिनाले</span> <span class='c2'>सम्पन्न, उपाधी सिमनले चुमिन्</span>

प्रेम देवान

विराटनगर १८ पुष । अग्रेजी महिनाको नयांको अबसर पारेर विराटनगरमा पहिलो पटक गरिएको मिस विराटनगर २०१७ को उपाधी १७ वर्षिया सिमन ढकालले जितेकी छिन् । शिक्षा दिप कलेज कक्षा ११ मा अध्ययनरत विराटनगर ४ की सिमनले उपाधी संगै नगद १ लाख रुपैंया पाउने भएकी छिन् । उनले खुशीको आंसु पुच्दै भनिन् – लआगामी दिनमा समाजसेवा गर्ने अनि पढाई संगसंगै मोडलिङ्गलाई पनि अगाडी बढाउने छु । युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरको फस्ट रनगरअप विराटनगर १६ की १६ वर्षिया मानसी मल्ल भईन् ।

[caption id="attachment_27924" align="alignnone" width="1024"]???????????????????????????????????? फोटो : प्रेम देवान[/caption]

त्यस्तै मेरिल्याण्ड कलेज कक्षा ११ मा अध्ययनरत श्वेता बस्नेत सेकेन्ड रनरअफ हुनुका साथै वेष्ट क्याटवकको उपाधी चुम्न सफल भईन क्रमस उनीहरुले नगद ५० र २५ हजार रुपैया पाउने भएका छन् । एक्टीभ इन्टरनेशनल मिडियाको आयोजना तथा लक्ष्य इम्पोरियमको सहकार्यमा भएको सौन्दर्य प्रतियोगिताको मिस ब्यूटिको उपाधि लक्ष्मी पौडेलले जितिने भने मिस प्रर्सानालिटि तथा मिस पपुलर समीक्षा अधिकारीले कब्जा जमाइन् । मिस ट्यालेन्ट नोवेल कलजेमा अध्ययनरत भावना खड्काले हात पारीन । उनले ट्यालेन्टमा राउण्डमा निर्णायक मण्डल तथा दर्शकलाई नै भावुक हुने गरी आमा छोराको विछोडीएको नाटक प्रस्तुत गरेकी थिइन् ।

[caption id="attachment_27925" align="alignnone" width="1024"]तस्बिर : प्रेम देवान तस्बिर : प्रेम देवान[/caption]

प्रतियोगिताको प्रमुख निर्णायकमा नायिका बेनिसा हमाल, अभिनेता तथा मोडल निराजन लुईटेल, मोडल तथा नायिका अन्जना कट्टेल, यूवा अभियन्ता बसन्त अधिकारी, कोरियोग्राफर प्रमोद बंशाल रहनुभएको मिस विराटनगरका मेनेजिङ्ग डाईरेक्टर कौशलभगतले जानकारी दिए । त्यस्तै कार्यक्रमको प्रमुख अतिथी सामाज सेवी शोभना दुगड तथा सेलीब्रेटी गेष्टमा बलियुड नाफे खान रहेको एक्टिभ ईन्टरनेशनल मिडीयाकी अध्यक्ष आभा अनुपमाले जनाकारी दिनुभयो । ट्रेनिङ्गको संयोजन एम.एम प्रोडक्शनकी भिजे रिता कटेलले तथा डे«सअप जुनजेली बुटिकले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्