बिराटनगरमा गोली चल्दा १ जना गम्भीर घाइते

<span class='c1'>बिराटनगरमा गोली चल्दा १</span> <span class='c2'>जना गम्भीर घाइते</span>

मोरङको विराटनगर १९ जोगबनी-विराटनगर सडक खण्डस्थित पिपल चौकमा सोमबार राती अज्ञात समुहद्वारा एक मनि चेन्जर संचालकमाथी गोली प्रहार भएको छ।

गोली प्रहारबाट विराटनगर २१ स्थित कृतेश मनि चेन्जरका संचालक विराटनगर १९ बस्ने ४० वर्षका बटेस साह गम्भीर घाइते भएका छन।

राती करिब साढे ८ बजे को ११ प २३७४ नम्बरको मोटरसाइकल चढेर विराटनगरतर्फ जादै गरेका साहलाई पछाडीबाट `दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समुहले गोली प्रहार गरेका हुन।
सो समुहले उनको साथमा भएको पाँच लाख रुपैया लुटी फरार भएका छन्। साहको दाहिने तिघ्रा र पाखुरामा गोली लागेकोले उपचारकालागी कोशी अंचल अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याचइएको छ।

फरार लुटेराहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्