चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द

<span class='c1'>चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय</span> <span class='c2'>३० दिनका लागि बन्द</span>

डडेल्धुरा, पुस १९—पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् । पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन् ।

अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बाल कल्याण मावि पुइलेकका प्रधानअध्यापक चन्द्रराज जोशीले बताए । अत्यधिक जाडोले गर्दा कक्षा कोठामा बस्न र पढ्ने÷पढाउने वातावरणसमेत नभएकाले विद्यालय बन्द गर्नु परेको प्रधानअध्यापक जोशीको भनाइ छ ।

चिसोले गर्दा जिल्लाका पहाडी भेगका सम्पूर्ण सरकारी विद्यालयमा माघ १५ गतेसम्मका लागि हिउँदे बिदा गरिएको हो । विद्यार्थी लामो दूरी हिँडेर आउनुपर्ने, धेरैजसो गरिब बालबालिकाले परिस्थिति अनुरुप न्यानो लुगासमेत लगाउन नसक्ने हुँदा उनीहरुमा रुघाखोकी, कोल्ड डायरिया, निमोनियाजस्ता समास्या देखिने भएकाले हिउँदे बिदा दिनुपर्ने भएको हो ।

चिसोमा बालबालिकालाई पढ्न समस्या हुने र पढाइ पनि प्रभावकारी नहुने भएकाले एक महिनाजति विद्यालय बन्द गर्नु पर्ने भएको सहश्रलिङ मावि चमडाका प्रधानअध्यापक पदमबहादुर ऐरले बताए । जाडोमा विद्यार्थीलाई चौरमा लगेर पढाउनु पर्ने तर उनीहरुको ध्यान पढाइमा भन्दा अन्य कुरामा केन्द्रित हुन थालेपछि बिदा गर्नु परेको उनको भनाइ छ ।

अहिले डडेल्धुरास्थित पहाडी भेगका प्राथमिक, निमावि र माध्यमिक विद्यालयमा हिउँदे बिदा दिएपनि माथिल्लो कक्षाका लागि उनीहरुको पढाइस्तर हेरी दिउँसोको समयमा पढ्ने वातावरण मिलाइएको बाल कल्याण माविका शिक्षक अङ्गतसिंह धामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्