तलब माग्दै अस्पतालको काम ठप्प

<span class='c1'>तलब माग्दै अस्पतालको</span> <span class='c2'>काम ठप्प</span>

भरतपुरः बिरामी र कुरुवा डाक्टरको कोठा अगाडि लाइनमा छन् । उभिँदा–उभिँदा पट्यार लागेर कोही भुइँमा बसिरहेका छन् । अधिकांश निकै निराश देखिन्छन् ।

यो दृश्य हो– भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालभित्रको । अस्पतालका चिकित्सक, अन्य कर्मचारी साउन महिनादेखि बढेको तलब नपाएको भन्दै सोमबार कामै ठप्प पारेर बसेका थिए । उनीहरूले काम ठप्प पारेपछि सोमबार अस्पतालको सेवा प्रभावित बन्यो । त्यसको असर सबैभन्दा बढी अप्रेसन सेवाका बिरामीमा परेको देख्न सकिन्थ्यो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. प्रकाश न्यौपानेले यही पुस १५ गतेसम्म तलब खुवाउने भने पनि सोअनुसार नभएकाले काम छाडेर बस्नुपरेको डा. अनिलविक्रम कार्कीले जानकारी दिए । चिकित्सक, स्वास्थ्य प्राविधिक र प्रशासनिक कर्मचारीले काम ठप्प पारेपछि अध्यक्ष न्यौपाने सोमबारै चितवन आई गुनासो सुन्न अस्पताल पुगेका थिए ।

“मैले मन्त्री र सचिवज्यूलाई टिप्पणी उठाइसकेको छु, मन्त्रिपरिषद्को बैठक बसेलगत्तै कर्मचारीको तलब र अन्य सुविधासम्बन्धी समस्या हल हुनेछ”, उनले भने, “तलब खुवाउन बोर्ड बैठकबाट निर्णय गराउनुपर्ने हुन्छ तर अहिले बोर्ड पूर्ण नहुनाले समस्या भएको हो ।”

उनले अस्पतालको सेवा नै ठप्प पारेर विरोध हुन थालेपछि काम नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अस्पताल सञ्चालनसम्बन्धी नियमावलीमा काममा बाधा गरे सम्बन्धित कर्मचारीलाई कारबाही हुने व्यवस्था रहे पनि अस्पतालले कसमाथि त्यस्तो प्रक्रिया भने अगाडि बढाएको छैन ।

-कारोबार दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्