बिबेकशील नेपालीले चलायो नि:शुल्क कोचिङ क्लास

बिबेकशील नेपालीले चलायो नि:शुल्क कोचिङ क्लास

उर्लाबारी पुस २० ,

पृथक राजनैतिक धार लिएर राजनीतिमा प्रबेस गरेको बिबेकशिल नेपाली दलले केराबारी वार्ड नम्बर ९ मा रहेका सरकारी बिधालयमा पढ्ने बिद्यार्थीहरुको लागि नि:शुल्क कोचिङ क्लास संचालन गरिरहेको छ। स्वयंसेवक शिक्षकहरु तयार गरि वडा न ९ को लक्ष्मी माबि र रामवीर प्राबिमा केन्द्र बनाइ संचालित उक्त कार्यक्रममा ३ बिधालयका २,३,४ कक्षामा अध्ययन गर्ने ४८ जना बिद्यार्थी लाभान्वित छन। वादका आधारमा नभइ समयसापेक्ष सुधारमार्गलाई अवलम्बन गरेको यस राजनीतिक दलले राजनितिलाइ पेशा वा पहिचान नभइ सेवाको रुपमा बिकास गर्न यो पहल थालिएको बिबेकशिल अध्यक्ष सरस्वती आचार्य बताउनुभयो। बिबेकशील नेपालीले सरसफाइ,स्वास्थ शिविर,उधमशिल तालिम, नेतृत्व बिकास तालिम,नि:शुल्क कोचिङ संचालन गरि आफुलाइ अरु भन्दा फरक बनाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्